तमुधिं लन्डन इकाइको १२ औं वार्षिकोत्सव तथा ल्होछार मनाउने भब्य तयारी

लन्डन । तमुधिं लन्डन इकाइले १२ औं वार्षिकोत्सव तथा ल्होछार भव्य रुपले मनाउने भएको छ । तमुधिं लन्डन इकाइको १२ औं वर्ष पुरा गरेको अवसर पारेर वार्षिकोत्सव कार्यक्रम तथा ल्होछार मनाउने भब्य तयारी गरेको हो।

कार्यक्रम सफल बनाउन उपाध्यक्ष विष्णु गुरुङ संयोजक र विकास ‘रक’ गुरुङ उपसंयोजक रहने गरी तयारी समिति गठन भएको तमुधिं लन्डन इकाइका महासचिव भरत गुरुङले जानकारी दिए । महासचिव गुरुङका अनुसार सम्पूर्ण तयारी युद्धस्तरमा भइरहेको र कार्यक्रममा सहभागी हुन बेलायत स्थित विभिन्न क्षेत्रमा क्रियाशील अतिथिहरुलाई निमन्त्रणापत्र पठाइएको  जानकारी दिए। ।

कार्यक्रम ५ जनवरीमा ग्रिनफोर्ड टाउन हलमा अपरान्ह ३ बजेबाट सुरु हुने उक्त कार्यक्रमका लागि तमुधिं लन्डन इकाइले ट्रस्टिज, सल्लाहकार, आमा समूह तथा सम्पूर्ण लन्डन इकाइ परिवारमा पत्रचार गरिसकेको महासचिव गुरुङले लन्डन न्यूजका सम्पादक शिब भण्डारी संगको टेलिफोनमा बताए ।

कार्यक्रमलाई सफल बनाउन तमुधी लण्डन इकाईकाअदक्ष्य चन्द्र बहादुर गुरुङ्ग,उपाध्यक्ष चेत प्रसाद गुरुङ पूर्व अदक्ष्य दिपक गुरुङ‘डेबिड ,आमा समूहकी अध्यक्ष दिलमाया गुरुङ लगायतको टोली सक्रिय रुपमा ब्यबस्थापनमा जुटेको छ उनले भने ‘ ।

कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सल्लाह सुझाव र आर्थिक आवश्यक पर्ने भएकाले इच्छाअनुसार सहयोगको इकाइले अपेक्षासमेत राखेको आयोजकले जनाएका छन् ।

ल्होछार महोत्सवका अबसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्ने पूजापाठ, खानपिन, ठूलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामूहिक रुपमा  विविध कार्यक्रम गरी मनाउने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *