संयुक्त विज्ञप्तिका लागि कसरत गर्दै शीर्ष नेता (अपडेट)

काठमाडौं– माघ ८ मा संविधान जारी गर्न नसकेकोमा जनता समक्ष क्षमा माग्दै संयुक्त विज्ञप्ति निकाल्न मुख्य तीन दल कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुले प्रयास गरिरहेका छन्। संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आग्रहमा उनीहरु सं‌विधान सभा भवनमा बैठक गरिरहेका छन्।

पहिलो बैठक सहमतिमा पुग्न नसकेपछि केहीबेर अनौपचारिक छलफल गरी नेताहरुले फेरि बैठक सुरु गरेका छन्।

पानी बारबारको स्थितमा रहेका दलहरु सभा अध्यक्ष नेम्‍वाङको पहलमा वार्तामा बसेका हुन्। दलहरुले संविधान जारी गर्ने प्रतिवबद्धता जनाएको दिन लगातार संविधासभाको बैठक अवरोध हुँदा जनतामा गलत सन्देश गएको भन्दै सभा अध्यक्षले वार्ताका लागि पहल गरेका थिए।

यसअघि उनले मुख्य ६ दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए।

यसअघि एमाओवादी नेता बाबुराम भट्टराईले संविधान दिन नसकेकोमा जनतासँग संयुक्त रुपमा क्षमा माग्नु पर्ने बताएका थिए।