संविधान जारी गर्नका लागि तोकिएको तिथि पारेर सरकारले काठमाडौंस्थित कूटनीतिक नियोगहरुलाई संविधान निर्माणको पछिल्लो अवस्थाबारे जानकारी गराएको छ । राष्ट्रसंघ, भारत, चीन, अमेरिका, बेलायतलगायत २६ ओटा कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई सामूहिकरुपमा सरकारले विहीबार संविधान जारी हुन नसक्नुको कारण र अगाडिको बाटो सम्बन्धमा स्पष्ट पारेको हो ।
गत सोमबार मध्यराति संविधानसभामा तोडफोड भएपछि अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेपछि सरकारले आफ्नो तर्फबाट प्रष्टिकरण दिएको हो । परराष्ट्र मन्त्रालयले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थमन्त्री डा. रामशरण महतले कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई ब्रिफ्रिङ गरेका थिए ।
ब्रिफ्रिङपछि परराष्ट्रमन्त्री पाण्डेले यो संविधानसभाले संविधान बनाएरै छाड्ने प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायसमक्ष व्यक्त गरेको बताए ।
अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ






