भारतीय बुद्धिजीवीले भने : भारतले नेपाललार्इ हस्तक्षेप गर्‍यो

tanker

काठमाडौँ १८ असोज ।भारतका नेता, बुद्धिजीवी, पत्रकार र समाजसेवीलगायत सयजनाले नेपालको आन्तरिक मामिलमा भारतले हस्तक्षेप गरेको भन्दै कडा विरोध गरेका छन् । उनीहरूले नयाँदिल्लीबाट आइतबार वक्तव्य जारी गरेर नयाँ संविधानको स्वागत गरेका छन् ।

वक्तव्यमा उनीहरूले भारत सरकारको पछिल्लो प्रक्रिया उसको पुरानो बडेभाइ मानसिकता भएको भन्दै नेपाल–भारत सम्बन्धमा त्यसले कटुता पैदा गरेको पनि उल्लेख गरेका छन् । ‘आफ्ना प्रतिनिधि चुन्ने र तिनका आधारमा कुन शासन व्यवस्था अँगाल्ने भन्ने कुरा नेपाली जनताको सार्वभौम अधिकार हो,’ उनीहरूले भनेका छन्, ‘तर, अहिले भारत सरकारले छिमेकी देशप्रति शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त उल्लंघन गरेर प्रतिक्रिया दिएको छ । यो सर्वथा नाजायज र गलत छ ।

हस्ताक्षर गर्नेमा भारतीय कम्युनिस्ट पार्टीका महासचिव एस सुधाकर रेड्डी, सचिव अमरजित कौर, सिपिआई एमएल लिबरेसनका स्वप्न मुखर्जी, सिपिआई एमएल रेडस्टारका महासचिव केएन रामचन्द्रन, अल इन्डिया फरवार्ड ब्लकका महासचिव देवव्रत विश्वास, अल इन्डिया पिपुल्स फ्रन्टका संयोजक अखिलेन्द्रप्रताप सिंह, सिपिआई एमएल नयु प्रोलिटेरियनका महासचिव शिवमंगल सिद्धान्तकर, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष रघु ठाकुर, अर्जुनप्रसाद सिंह, समकालीन तिसरी दुनियाँका सम्पादक आनन्दस्वरूप बर्मालगायत छन् ।

चलचित्रकर्मी आनन्द पटवद्र्धन, शिक्षाविद् अनिल सद्गोपाल, अमिन भादुडी, निर्मलांगशु मुखर्जी, राजनीतिशास्त्री मनोरञ्जन मोहदी, कमलनयन काबरा, गिरिश मिश्र, पत्रकार गौतम नवलखालगायत पनि हस्ताक्षरकर्ता छन्  ।