बम रहेको आशंकामा टर्कीस एअरलाइन्सको विमान आकस्मिक अवतरण

क्यानाडा, मंसिर ६ । अमेरिकाको न्युयोर्कबाट टर्कीका लागि उडान भरेको टर्कीस एअरलाइन्सको विमानमा बम रहेको आशंकामा क्यानाडामा अवतरण गरिएको छ ।
२५६ यात्रु बोकेर न्युयोर्कबाट टर्कीको इस्तानबुलतर्फ उडेको टर्कीस एअरलाइन्सको ए ३३० विमानमा अज्ञात समूहले बम रहेको संकेत गरेपछि बिमानलाई आपत्कालीन अवतरण गराईएको हो ।
आकस्मिक अवतरण लगत्तै विमानबाट सम्पूर्ण यात्रुलाई आरोलेर चेक जाँच गर्दा विमानमा विस्फोटक पदार्थ फेला नपरेको जनाइएको छ । बम रहेको हल्लाका कारण यात्रुहरुमा त्रास फैलिएको थियो ।
पेरिसमा भएको आतंकवादी हमलापछि विश्वभरका हवाई अड्डाहरुमा सुरक्षा ब्यवस्था कडा तुल्याईएको छ । (एजेन्सी)