काठमाडौं– कांग्रेसले मन्त्रिपरिषदमा आफ्नातर्फबाट थप नामावली पठाउने अन्तिम तयारी गरेको छ ।
सभापति शेरबहादुर देउवाले आफ्ना केही मन्त्रीको नाम सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गर्न बाँकी रहेकाले सोमबार मन्त्रिपरिषदमा चार वा पाँच सदस्यमात्रै जान सक्ने ती नेताको भनाई थियो ।
दाहाल मन्त्रिपरिषदमा कांग्रेसले १२ वा १३ मन्त्रालय पाउने दुई सत्तारुढ दलको समझदारी छ ।
कांग्रेसलेअर्जुननरसिंह केसी, प्रकाशशरण महत र केशवकुमार बुढाथोकीलाई पठाउने टुंगो लागेको छ ।
अघिल्लो पटक चर्चा गरिएका शेखर कोइराला भने सूचीमा छैनन् ।
दाहाल मन्त्रिपरिषदमा यसअघि विमलेन्द्र निधि र रमेश लेखकमात्रै कांग्रेसबाट मन्त्री भएका छन् । माओवादीले पनि करिव करिव आफ्ना मन्त्री पठाइसकेको छ ।






