‘गाजलु’ यूकेका १० हलमा प्रर्दशन हुँदै

लन्डन– नेपाली फिल्म ‘गाजलु’ बेलायतका १० वटा हलमा एकसाथ प्रदर्शन हुने भएका छन् ।

प्रवासमा कम्युनिटी हल, रेस्टुरेन्ट वा अन्यत्र सामान्य प्रोजेक्टरमा देखाइने नेपाली फिल्मको परम्परा अन्त्य गर्दै नेपाली युवाले ‘गाजलु’ भने ‘सिने वर्ल्डमा’ प्रदर्शन गरेका हुन् । अल्डरसटको विशेष ‘प्रिमियर’पछि यही अगस्ट २६,२७, र २८ मा यूकका १० वटा ‘सिने वर्ल्ड’ हलमा पनि ‘गाजलु’ देखाइदै छ ।

चिस्विक लन्डन मुख्यालय रहेको सिने वर्ल्ड युरोपमा दोस्रो ठूलो सिनेमा अपरेटर मानिन्छ । जसका नौ सहरमा दुई हजार सिनेमा हल छन् ।

‘इन्टरनेसनल’ नेपाली फिल्म एकेडेमीले ‘गाजलु’ प्रदर्शन गरेको हो । शो का लागि पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ आफ्नो डेब्यु फिल्मको प्रदर्शनीमा परिवारसहित उपस्थित थिइन् ।