लन्डन । चर्चित गायिका तथा मोडल ज्योतिमगर भद्रगोलका बले र कक्रोजका साथ यतिखेर बेलायतमा छन् । 
सपन इन्टरटेनमेन्ट लिमिटेडको बबाल धमाकाका लागि यी तिन कलाकारहरु बेलायत आइपुगेका हुन् । उनीहरुको पहिलो कार्यक्रम आज शनिबार साँझ अल्डरसटस्थित एम्पायर हलमा भब्य हुने भएको छ । दर्शकहरु ज्योतिलाई हेर्न निकै उत्सुक देखिएका छन् ।
आफूलाई ‘हट एण्ड सेक्सी’ भनिदिंदा खुशी लाग्छ भन्ने ज्योति यसलाई दर्शकहरुले दिएको उपनाम मान्छिन् । सधैं छोटो ड्रेसमा हिट ज्योति,भन्दा म पनि नेपालकी छोरी भएकाले कतिसम्म पच्छ र कति गर्नुहुन्छ राम्ररी थाहा छ भन्ने गरेकी ज्योति विवाद र चर्चा बटुल्न सफल ‘ढाडे बिरालो’ को गीतको सुटिङपछि अहिले फेरि बले र कक्रोजसंगै काम गर्न पाउंदा धेरै रमाइलो भएको बताउछीन ।
सपन इन्टरटेनमेन्ट लिमिटेडका निर्देशक सपनकुमार राईका अनुसार, यी कलाकारको कार्यक्रम ११ जुनमा फोकस्टोन हकिन्ज कम्युनिटी सेन्टरमा, १२ मा ह्यारो बरो फुटबल क्लब, १३ मा लेष्टर नेपाली साझा कम्युनिटी लेस्टर, १७ मा फेल्थाम कम्युनिटी कलेज, १८ मा स्वीन्डन र १९ मा प्लमस्टिडमा हुने तय भइसकेको छ भने बांकी कार्यक्रम पनि बन्दैछन् ।






