काठमाडौं, फाल्गुन १८ । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेब गौतमले राजधानीको बसन्तपुरमा केही दिन अघी दुइ बालिकामाथी भएको एसीड आक्रमणका अभियुक्ताको खोजीमा पिडीत र उनीहरुका आफन्तले असहयोग गरेको गुनासो गरेका छन् ।
व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री गौतमले प्रहरीले मोबाइल र प्राप्त सबुतका आधारमा अभियुक्तको खोजी गरिरहेको बताए । उनले प्रहरी ९५ प्रतिशत अपराधीको नजिक पुगेपनि पुर्ण रुपमा सफल हुन बाँकी नै रहेको उनको दावी छ ।
उनले बारामा बालात्कृत भएकी बालिकाको स्वास्थ्य अबस्था निकै जटिल बन्दै गएको समेत बताए ।
यसअघि सभासदहरुले घट्नाका अभियुक्तहरुलाई सरकारी संरक्षण भएको समेत आशंका व्यक्त गरेका थिए ।
उनिहरुले प्रहरीले जस्तासुकै घट्ना पनि सार्वजनिक गर्न सकेको भएपनि यो घट्नामा चुकेको समेत आरोप लगाएका थिए ।
त्यस्तै सभासदहरुले प्रहरीमा अनावश्यक रुपमा राजनीतिक हस्तक्षप हुँदा प्रहरीले काम गर्न नसकेको तर्क गरेका थिए ।
आजको बैठकमा बिपक्षी फोरम लोकतान्त्रीकका सभासद रामजनम चौधरीको समेत उपस्थिती रहेको थियो ।
उनले बिपक्षी दलहरुप्रति सरकार शाही सरकार जस्तै बनेको आरोप लगाएका थिए ।
सभासदहरुका जिज्ञासाको जबाफ दिने क्रममा गृहमन्त्री गौतमले सभासदहरुले प्रहरी सरुवा बढुवाको लिस्ट बोकेर हिडदा समस्या आएको बताए ।
उनले बानेश्वरमा प्रहरीले बिपक्षीमाथी ज्यादती गरेको नभई बिपक्षीहरुलेनै प्रहरीमाथी ज्यादती गरेको दावी गरे ।
एसिड प्रकरणमा परिवारको असहयोग






