आङ सान सु कीको नजरमा फेरिएछ काठमाडौं

k|d cf]nLaf6 k':ts pkxf/ k|wfgdGqL s]kL zdf{ cf]nL z'qmaf/ Dofgdfsf :6]6 sfplG;n/ cfª ;fg ;' sLnfO{ k':ts pkxf/ k|bfg ub}{ . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाडौं– प्रधानमन्त्री केपी ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीबीच भेटवार्ता भएको छ । प्रधनमन्त्री ओलीसँगको भेटवार्तामा स्टेट काउन्सिलर सु कीले आफूले विगतमा बसेको समयमाभन्दा काठमाडौँमा धेरै परिवर्तन भएको पाएको अनुभव सुनाएकी छन् ।

नेत्री सु की सन् १९७३ मा आफ्ना श्रीमान्ले अनुसन्धान गर्न आएका बखत नेपालमा बसेकी थिइन् । सु कीकी बौद्ध गुरुआमा समेत नेपालकी अनगारिका धम्मावती गुरुमा हुन् । भेटमा प्रधानमन्त्री ओलीले नेपालको कक्षा ९ को सामाजिक विषयमा रहेको नेत्री सु कीको व्यक्तित्व उल्लेख भएको पाठ्यपुस्तकसमेत उपलब्ध गराएका थिए ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *