लन्डन –गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीजरल्याण्ड, महिला फोरमले नेपालको पहिलो अस्पताल वीर अस्पतालमा सहयोग स्वरुप ह्विलचेयर हस्तान्तरण गरेको छ ।
वीर अस्पतालमा आयोजित एक कार्यक्रममा एनसीसी स्वीजरल्याण्ड महिला फोरमका सल्लाहकार एवं पूर्व उपाध्यक्ष विजया भट्ट र गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीले महिला फोरमको तर्फबाट अस्पतालका निमित्त निर्देशक डा. सरोज शर्मालाई ह्विलचेयर हस्तान्तरण गरे ।
राष्ट्रिय समन्वय परिषद स्वीजरल्याण्डका महिला संयोजक शुभ एल्मर लामाको संयोजनमा अस्पताललाई १२ वटा ह्विलचेयर प्रदान गरिएको हो । विशेषगरी वीर अस्पतालमा आउने सर्वसाधारण बिरामीको सेवाका निम्ति सो सहयोग गरिएको हो ।
कार्यक्रमको सुरुवातमा गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा.हेमन्त दवाडीले एनआरएनए तथा महिला फोरमको बारेमा प्रष्ट पारे ।






