ऊलवीचको दोहोरि धमाका मे ९ मा: [डान्सर रश्मी, राजु ढकाल जानकी] आउने

18387119_1686235031421211_239327192_n
रश्मी तामाङ’ राजु ढकाल, जानकी तारामी मगर

लन्डन- आगामी मे ९ मंगलबार साँझ ऊलवीचको लोटस क्लबमा नयाँवर्ष २०७४ को अवसरमा शुभकामना आदान प्रदान एबम सनराइज धमाका साँझ हुने भएको छ ।

उक्त सांगीतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक राजु ढकाल, दोहोरी गायिका जानकी तारामी मगरले मनोरञ्जन दिने भएका छन् । कार्यक्रममा चर्चित मोडल तथा डान्सर रश्मी तामाङको प्रस्तुति रहने छ ।

आयोजक प्रकाशराज कँडेलका अनुसार उक्त कार्यक्रममा प्रवेश शुल्क १० पाउन्ड तोकिएको छ । कार्यक्रम साँझ ७ बजेदेखि राति ११ बजेसम्म हुने कँडेलले जानकारी दिए । कार्यक्रम परिसरमा खाना तथा पेय पदार्थको स्टल राखिने भएको छ। आयोजक कंडेलले यसअघि गायिकाहरु इन्दिरा जोशी र सुनिता दुलाल एवं नृत्य 
निर्देशक गोविन्द राईलाई बोलाएर सोही क्लवमा कार्यक्रम गरेका थिए ।

यसबाहेक उनले रमिला न्यौपाने र कुलेन्द्र विश्वकर्मा लगायत चर्चित गायकहरु शिव परियार, रामजी खांड र गायिका देविका केसी,बेली डान्सर प्रिति आले मगर, नायिका नीता पोख्रेल, लोक दोहोरी गायक रामजी खाँड़ तथा चर्चित गजल, लोक, सालैजो, रोइला गायक थानेश्वर गौतमको कार्यक्रम पनि गरेका थिए ।

कंडेलले नेपालबाट राष्ट्रिय कलाकार यूके आएका बेला नेपालीहरु धेरै बसोवास रहेको लन्डन साउथ इष्ट क्षेत्रमा कार्यक्रम गरेर मनोरन्जन प्रदान गर्ने उद्देश्य आफ्नो रहेको लण्डन नेपाल न्यूज डटकम संग को टेलिफोन कुराकानीमा बताए ।

कार्यक्रममा उपस्थित भएर पूर्ण मनोरन्जन लिन तथा नयाँ वर्षको शुभकामना एक आपसमा साटासाट गर्न आयोजक कंडेलले ले अपिल गरेका छन् ।