राजावादी अभियानमा नेपाली ‘मण्डेला’

झापा- नेपाली कम्युनिष्ट आन्दोलनका केन्द्र मानिन्छ, झापा । २०२८ सलमा यहीँबाट भएको विद्रोहलाई ‘झापा विद्रोह’को नामले चिनिच्छ । यही विद्रोहको अगुवाइ गर्दै शस्त्र उठाउने पहिलो व्यक्ति थिए, मोहनचन्द्र अधिकारी ।

लामो समयसम्म कम्युनिष्ट विचार र दर्शन बोकेर जेल जीवन बिताएकाले उनलाई नेपाली नेल्सन मण्डेला समेत भनिन्छ । जीवनभर निडरतापूर्वक कम्युनिष्ट विचार र दर्शनको परख गरेका अधिकारी राजनीति सम्भावनाको खेल हो भन्ने भनाइलाई चरितार्थ गर्दै बिस्तारै कम्युनिष्ट विचार र दर्शनप्रतिबाट पछि हट्दै जान थालेका छन् ।

पछिल्लो समय उनको हिमचिम कम्युनिष्ट पार्टी भन्दा कम्युनिष्ट इतरका शक्ति राजावादीसँग हुन थालेको छ ।
स्रोतका अनुसार अधिकारी यतिबेला राजतन्त्र र हिन्दु राज्यको वकालत गर्दै आएका शक्तिसँग मिले र अघि बढ्ने सोचमा पुगेका छन् । प्राप्त समाचार अनुसार राजतन्त्र र हिन्दु राज्यको एजेण्डा कमल थापाले त्यागेपछि यसलाई बोक्दै आइरहेका केशरबहादुर विष्ट समूहसँग उनको फाइनल कुराकानी नै भएको छ ।
अधिकारी केशवबहादुर बिष्टले सञ्चालन गर्दै आइरहेको राष्ट्रवादी अभियानमा लाग्ने पक्कापक्की भएको छ ।