समलिङ्गी हत्या

नेपालगन्ज, २ चैत । समलिङ्गी विवाह (महिला—महिलाबीच विवाह) गरेकी एक महिलाको उनकै जीवन साथीबाट हत्या गरिएको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, नेपालगन्ज—१६ बेलासपुरमा रामवरण चिडिमारको घरमा डेरा गरी बस्ने बर्दिया जिल्ला जमुनी गाविस—६ स्थायी घर भएकी सरिता भन्ने टीका शाहीको आज बिहान हत्या भएको हो ।
मृतक शाहीको उनका समलिङ्गी जीवन साथी बाँके जिल्ला मनिकापुर गाविसकी २६ वर्षीय गीता मल्लले हत्या गरेको भनि पीडित आफन्तले प्रहरीमा उजुरी दर्ता गराएका छन् । आफूलाई मृतक साथीको श्रीमान् हुँ भन्ने आरोपी गीता मल्ललाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक सुशील राठौरले बताउनुभयो । घाँटीमा निलडाम भेटिनुका साथै शरीरका विभिन्न भागमा चोट रहेको मृतक शाहीको शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ ।