बेलायतमा कोरोनाबाट निधन हुनेको संख्या १ लाख नाघ्यो

लण्डन । यूरोपमा कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको बेलायतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।

वर्ल्डमिटरका अनुसार यूकेमा कोरोनाको कारण निधन हुनेको संख्या १ लाख १ सय ६२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप १,६३१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म यूकेमा  ३६ लाख ८९ हजार ७४६ जना संक्रमित भएका छन् । त्यसैगरी १६ लाख ६२ हजार ४८४ जना निको भएका छन् ।

यूरोपमा सबैभन्दा धेरै संक्रमित निधन भएको बेलायत विश्वभरमा पाँचौ स्थानमा छ ।

सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ भने दोस्रो नम्बरमा भारत, तेस्रोमा ब्राजिल र चौथो नम्बरमा रसिया रहेको छ । यूके पछि फ्रान्स बढी प्रभावित बनेको छ ।

पछिल्लो २४ घन्टामा यूकेमा बीस हजार ८९ जना नयां संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८९ हजार ७४६ पुगेको छ ।