गोर्खाली समाज यूकेको अध्यक्षमा हेम गुरुङ निर्बाचित

लन्डन- बेलायतको नेपाली समुदायमा चिरपरिचित युवा सामाजिक अभियन्ता हेम गुरुङ गोर्खाली समाज यूकेको अध्यक्ष पदमा निर्बाचित भएका छन् ।

अप्रिल २८ तारिखमा सम्पन्न  समाजको नवौं अधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिको अध्यक्षमा निर्बाचित भएका हुन्।

समाजमा लामो समयदेखि क्रियाशिल गुरुङ पछिल्लो तीन कार्यकालमा लगातार उपाध्यक्षको पदमा रहेर काम गरेका थिए । त्यसअघि उनले समाजको युवा संयोजकको समेत जिम्मेवारी सम्हालेका थिए।

कार्यसमितिमा महिल उपाध्यक्ष टकमाया गुरुङ, उपाध्यक्ष ज्ञानेन्द्र आले, महासचिव गौतम गुरुङ, सचिव राजेन्द्र गुरुङ, कोषाध्यक्ष जीवन अधिकारी,सह कोषाध्यक्ष देब गुरूङ छन् ।यसैगरी सदस्यहरुमा सोनी विश्वकर्मा,दुर्गा गुरुङ, ईन्दिरा दर्लामी,ध्रुब गुरुङ ,दिनेश भण्डारी ,शन्तोश गुरुङ ,मन गुरूङ रहेका छन् ।