मन्दिरमा आगलागी, ७७ जनाको मृत्यु

firesनयाँदिल्ली- भारत केरलाको पारावुरमा रहेको पुत्तिंगल मन्दिर आगलागी हुँदा ७७ जनाको मृत्यु भएको छ।

केरलाको कोल्लममा रहेको पारावुरस्थित पुत्तिंगल देवी मन्दिरमा आइतबार बिहान ४ बजे आतिशवादी उत्सव चलिरहेका बेला मन्दिरमा आगलागी भएको हो । आगलागीमा कम्तिमा ७७ जनाले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। आगलागीमा परी २०० भन्दा बढी मानिस घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार मन्दिर परिसरमा उत्सव चहिरहेका बेला आगलागी भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ। आगलागीमा परी घाइते भएकाहरुलाई नजिकै अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।