शिब भण्डारी
लन्डन । लकडाउनका कारणले साँझ बिहान चुलो नबलेका दैनिक ज्यालादारी श्रमिक र विपन्न परिवारलाई नेपाली वेलफेयर सोसाईटी युकेले जाजरकोटमा राहत वितरण गरेको छ।
कोरोना भाइरस नियन्त्रणको लागि सरकारले लागू गरेको लकडाउनको समयमा घर बाहिर निस्कन नपाएपछि साँझ बिहान हातमुख जोर्न धौधौ परेका मजदुर, विपन्न परिवारको लगत सङ्कलन गरी भेरी नगरपालिकाको वडा नं.४ र ११ मा शनिबार सम्बन्धित स्थनीय वडामा आयोजित कार्यक्रममा राहत वितरण गरिएको हो।
उक्त वडाका विपन्न ६० घरधुरी परिवारलाई एक महिना पुग्ने खाद्य सामग्री राहत उपलब्ध गराइएको नेपाली वेलफेयर सोसाइटीका अध्यक्ष एबम एनआरएन यूके कार्यसमिति सदस्य धनबहादुर सार्कीले जानकारी दिए । राहतमा ३० केजी चामल, २ लिटर खानेतेल,५ केजी दाल लगायत मरमसला रहेको छ ।
गैरआवासीय नेपाली संघ यूके सचिव जीत रानाभाटले जुम कन्फ्रेन्समार्फत सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रियसभाका सांसद माया प्रसाद शर्मा थिए ।सांसद शर्माले विपद् र संकटको बेला उपलब्ध राहतले काम नगरी छाक नटर्ने परिवारलाई यसले ठूलो राहत मिलेको बताउदै वेलफेयर सोसाइटी प्रति धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले स्थानीय सरकारसँगको साझेदारीमा राहत सहयोग उपलब्ध गराएकोमा नेपाली वेलफेयर सोसाइटका अध्यक्ष धनबहादुर सार्कीलाई धन्यवाद दिए ।कार्यक्रममा भेरी नगरपालिकाकी प्रवक्ता पार्वती विकले पीडामा रहेका जाजरकोटवासीलाई नेपाली वेलफेयर सोसाइटीले राहत उपलब्ध गराएकोमा धन्यवाद दिइन् ।
बाँचौ र बचाऊँ अभियान कार्यक्रममा नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष तथा एनआरएन युके सदस्य धनबहादुर सार्कीको अध्यक्षता सम्पन्न भएको हो कार्यक्रममा बिशेष अतिथिमा डा. बुद्धि नेपाली कार्यकारी निर्देशक नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समिति, चन्द्रप्रकाश घर्ती मेयर भेरी नगरपालिका, खम्बजंग शाह वडा अध्यक्ष, वडा न. ४,लक्ष्मीप्रसाद आचार्य वडा अध्यक्ष, वडा न. ११, पार्वती बिश्वकर्मा नगरपालिका प्रबक्ता लगायतको सहभागिता रहेको थियो।
जुम मार्फत सम्बोधन गरिएको कार्यक्रममा ज्ञानराज राई गोर्खा सत्त्यग्रह युके, पत्रकार बाचासपति रेग्मी,मिलन घिमिरे अध्यक्ष नेप्लिज ब्रिटिस कम्युनिटी युके,हिराधन राई, संस्थापक अध्यक्ष, रोजिहिरा फाउन्डेसन एबम पूर्व उपाध्यक्ष एनआरएनए युके, प्रमिला राई महासचिब ग्रेटर रसमोर नेपाली कम्युनिटी युके,चुडामणि रेग्मी महासचिब नेप्लिज ब्रिटिस कम्युनिटी युके तथा नेपाली वेलफेयर सोसाईटी कार्यसमिति सदस्य, सल्लाहकार तथा सदरण सदस्यहरुको सहभागिता थियो ।
स्मरण रहोस् नेपाली वेलफेयर सोसाइटीले वितरण गरेको यो राहत आठौं हो । यसअघि दाङ तथा कैलालीमा पनि विपन्न परिवारलाई सोसाइटीले विभिन्न चरणमा राहत वितरण गरिसकेको छ ।उदयपुरको भुल्के, सप्तरीको कन्चनरुप, चितवनको घैलाघारी, स्याङ्जाको पुतलीबजार, बाकेको नेपालगन्ज, दाङको घोराही, कैलालीको धनगढी र आज जाजरकोटमा समेत गरि २७२ बिपन्न घरपरिवारलाई राहत उपलब्ध गराएको थियो ।
सो स्थानमा जातीय विभेदका कारण नरसंहार घटना अन्तर जातीय प्रेमलाई (केटी तर्फको ) परिवारले अस्विकार गरेकै कारण परिवार, स्थानिय जनप्रतिनिधिको नेतृत्वमा सिंगो गाउँ नै आक्रमणमा उत्रिए थियो ।
जेठ १० गते जाजरकोट भेरी नगरपालिका वडा न.४ रानागाउँका नवराज विकलाई रुकुम पश्चिम चौरजहारीकी सुष्मा मल्ल मार्फत् गाउँमा निम्तो दिई निश्चित् व्यक्तिहरुको योजनामा क्रुर र बर्बरतापूर्ण तवरले सामूहिक हत्या भएको र अन्यलाई कुटपिट गरिएको थियो ।
सिंगो गाउँलेको आक्रमण बाट नवराज विक सहित टिकाराम नेपाली, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीको शव भेरी नदीमा केही पछि खोजीकार्य गर्दा भेटिएको थियो ।






