विद्यार्थीका लागि सहयोगी हात बढ्दै, विनर सर्कलले पनि राहत वितरण गर्ने

तक्दीर अधिकारी
सिड्नी । कोभिड–१९ ले अस्ट्रेलियामा  समस्यामा परेका नेपाली विद्यार्थीलाई विभिन्न संघसंस्थाले राहतस्वरुप खाद्यन्न उपलब्ध गराइरहेका छन। पछिल्लो समय युवाहरु माँझ लोकप्रिय बन्दै आएको विनर सर्कलले पनि समस्यामा परेका विद्यार्थी राहतस्वरुप खाद्यन्न उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरसको  कारण ले समस्यामा परेका नेपाली विद्यार्थीलाई विनर सर्कलले उपलब्ध गराएको राहत सामग्री सिधै  ग्रोसरी स्टोरबाट सिधै उपलब्ध गराइएको छ । राहत हस्तान्तरण गरेको तस्बीर सामाजिक सञ्जालमा व्यापक बनाउने र प्रायोजकको प्रचारप्रसार गर्नुपर्ने झन्झटबाट मुक्त रहन ग्रोसरी स्टोरबाटै राहत उपलब्ध गराइएको विनर सर्कलका प्रशासकीय अधिकृत रोशन खतिवडाले बताए ।

खतिवडाका अनुसार न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यमा समस्यामा रहेका नेपाली विद्यार्थीलाई एनआरएनए, भिएफएम लगायतका संस्थाले राहत वितरण गरिरहेको छ । विनर सर्कलले पनि यो पुन्यकर्ममा सहभागी बन्न राहत वितरण गर्ने तयारी गरेको हो ।

राहतमा ग्रोसरी सामग्री उपलब्ध गराइने छ, राहतमा चामल, मरमसाल, तेल, अण्डालगायत दुई साता पुग्ने सामग्री हुनेछ । खतिवडाले भने, प्रिमो एजुकेशन एन्ड भिषा सर्भिसेसको सहयोगमा राहत वितरण गरिन लागिएको हो । सुरुमा ५० जना विद्यार्थीलाई सहयोग गरिने छ भने दोस्रो चरणमा यसको भोलियम बढाउँदै लैजाने योजना छ ।

फर्म खुला गरिएको प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिए । उनले भने, विद्यार्थीलाई उपलब्ध गराउने राहत सामग्रीका लागि अबनमा क्षेत्रमा रहेको पिन्डी सुपरमार्केटसँग सम्झौता भएको छ । सहयोग लिने विद्यार्थीले आफ्नो अनुकूल समयमा लिन सक्ने व्यवस्था मिलाइएको छ ।

राहत लिनका लागि कुनै मापदण्ड बनाइएको छैन, समस्यामा परेका विद्यार्थीले फर्म भरेपछि उनीहरुलाई भौचर उपलब्ध गराइने । विनर खतिवडाले भने, सिड्नीका समस्यामा रहेका विद्यार्थीलाई थोरै भए पनि सहयोग गर्न सकियो भने उपलब्धी नै हुनेछ ।’

‘राहत सामग्री प्रिमोले उपलब्ध गराउने छ भने त्यसको व्यवस्थापन विनर सर्कलले गर्नेछ । राहत अति आवश्यक पर्ने विद्यार्थी कति आउँछन् त्यो हेरेपछि दोस्रो चरणको कार्यक्रम तय हुनेछ’ प्रिमो एजुकेशन एन्ड भिषा सर्भिसेसका निर्देशक दिपक केसीले भने, ‘विनर सर्कलले खुला गरेको फर्म भरेपछि प्रिमोले एउटा भौचर उपलब्ध गराउँछ, त्यो भौचर लिएर डिर्पाटमेन्ट स्टोरबाट सिधै राहत सामग्री लिन सकिन्छ ।’