लन्डन । गुल्मी जिल्ला समाज यूकेको च्यारिटीमा आशा अपांग केन्द्रकी सञ्चालिका गंगा रायमाझी बेलायत आइपुगेकी छिन्। गुल्मी जिल्ला समाज यूकेको डिसेम्बर २ मा साउथ ईस्ट लण्डनको वुल्वीचस्थित लोटस क्लबमा आयोजना गरिने अपांगता दिवस च्यारिटी कार्यक्रममा भाग लिन बेलायत आइपुगेकी हुन ।
उनीसँगै समाजका सहकोषाध्यक्ष राम सापकोटा मात्री भुमि पुगेर संगै बेलायत आइपुगेका छन् । रायमाझी यस अघि २०११ मा पनि बेलायत आइसकेकी थिइन् । बेलायत रायमाझीको दोस्रो भ्रमण हो । उनलाई विमानस्थलमा स्वागत गर्नका लागि समाजका अध्यक्ष राम गलामी, संस्थापक अध्यक्ष ओम थापा, उपाध्यक्ष फडीन्द्र भट्राई, महासचिव शिव भण्डारी, नेपाल पत्रकार महासंघ यूकेका उपाध्यक्ष धुव्रराज अर्याल, समाजकी प्रवक्ता मञ्जु भण्डारी,ज्ञान छन्तेल,ओसिन थापा ,माया के सी लगायत पुगेका थिए ।
रायमाझीले गुल्मीको तम्घासमा केन्द्र सञ्चालन गरिरहेकी छन् । रायमाझी गुल्मीको च्यारिटी कार्यक्रमको विशेष अतिथिका रुपमा सहभागी हुने अध्यक्ष राम गलामीले जानकारी दिए । त्यस्तै अध्यक्ष फलामीले च्यारिटी कार्यक्रममा सहभागिता लागि सबैमा आह्रवान समेत गरेका छन् । को हुन् आशा अपाङ्ग कैन्द्रकी उपाध्यक्ष गंगा रायमाझी ? गुल्मीको छापाहिलेमा जन्मेकी आशा अपाङ्ग कैन्द्रकी उपाध्यक्ष रायमाझी तिन महिनाकी हुदा आगोमा परेर दुबै खुट्टा जलेर, दुबै खुट्टा नभएकी अपाङ्ग हुन् ।
उनले उक्त संस्थामा रहेर गैरसरकारी संस्थाहरुसँग रकम संकलन गरेर गुल्मी जिल्लामा रहेका बिभिन्न अपाङ्गगता भएका ब्यक्तिहरुलाई बिभिन्न तालिम लगायतका सिप मुलक कामहरु सिकाउने र जिविको पार्जन टेवा पुर्याउने काम गर्दै आएकी छन् ।
आशा अपांग केन्द्रले जिल्लामा विगत आठ वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ । च्यारिटी कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेको निमन्त्रणामा बेलायत आएकी गुल्मेली कलाकार गायिका सुशीला गौतमको विशेष प्रस्तुति रहनेछ । साथै प्रथम नौमती बाजा गुल्मी यूकेको विशेष प्रस्तुति र स्थानीय कलाकारहरुका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ । दिउंसो २ बजे देखि सुरु हुने कार्यक्रममा सहभागितको लागि २५ पाउण्डको टिकट राखिएको छ ।
माउन्टेन भ्यू रेष्टुरेन्टको स्वादिस्ट खाना र डिजे हेम विष्टको साउण्ड सिस्टम रहने छ । कार्यक्रमबाट हुने कोषबाट आशा अपांग केन्द्र र गुल्मी स्थित धुर्कोट परमानन्द भन्डारी बहुमुखी क्याम्पसको परोपकारी काममा खर्चिने योजना बनाइएको छ।
च्यारिटी कार्यक्रमको तयारीका लागि समाजका अध्यक्ष राम गलामी,कार्यक्रम संयोजक तथा उपाध्यक्ष राजन खरेल, उपाध्यक्ष फडिन्द्र भट्टराई,समाजका कोषाध्यक्ष तारानाथ भण्डारी,सचिब बिर बलाल लगायत सक्रियताका साथ जुटिरहेका छन् । कार्यक्रममा सहभागिताका लागि समाजले बेलायतबासी गुल्मेली तथा गैरगुल्मेली सम्पूर्ण नेपालीहरुलाई आव्हान गरेको छ।
प्रत्यक्ष प्रशारण हेर्नुहोस् लन्डन नेपाल न्यूज डट कममा-शिब भण्डारी ले गर्नुभएको भिडियो :
https://www.facebook.com/londonnepalnews/videos/336455217141420/






