ग्रेटर रसमुर नेपाली कम्युनिटीको नयां वर्ष कार्यक्रम सम्पन्न

greater1
तस्वीरहरू मिलन तमु

लण्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले शुक्रबार साँझ नयां वर्ष कार्यक्रम गरेको छ । अल्डरसटस्थित एम्पाएर हाउसमा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा नेपालबाट आएका कलाकारहरु शम्भु राई, रामजी खाँड, देविका केसी, स्थानीय काउन्सिलका मेयर, काउन्सिलर र पूर्व मेयरहरुको उपस्थितिले नयाँ वर्षको रौनक थपेको थियो ।

कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापाको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो सत्रमा उपाध्यक्ष रामधन राईले हेल्थ एण्ड सेफ्टी, उपाध्यक्ष जीब बेल्बासेले स्वागत मन्तब्य दिएका थिए । महासचिव रञ्जिता मल्लले संचालन गरेको कार्यक्रममा स्थानीय रसमुर काउन्सिलका मेयर मार्टिन टेनान्ट, बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री, एनआरएनए युकेका अध्यक्ष मुच्छेत्र गुरुङले नयाँ वर्षको शुभकामना दिएका थिए ।

प्रथम नौमती बाजा युकेले पञ्चै बाजा बजाएर अतिथिहरुको स्वागत गरेको थियो भने कार्यक्रममा कलाकारहरुले नेपाली झ्याउरे, कौरा, सोरठी नाच प्रस्तुत गरेका थिए । कम्युनिटीका उपाध्यक्ष छविमाया पुन, पुष्पा गुरुङ, शिला लिम्बु र खड्ग थापाले साँस्कृतिक कार्यक्रम संचालन गरेका थिए ।

greater2

greater3