एनआरएनएले ३८ लाखको औषधि सरकारलाई दियो

८ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारले करिव ३८ लाख बराबरको औषधि हस्तान्तरण गरेको छ ।
भारतको अघोषित नाकाबन्दीका कारण औषधि समेत अभावज हुन थालेपछि एनआरएनएले तीन करोडको औषधि दिने घोषणा गरेको थियो । त्यस अनुसार एनआरएनएले पहिलो लटमा ३८ लाखको औषधि मंगलबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
एनआरएनए अध्यक्ष शेष घलेले दुई साताको कोशिशमा यो औषधि ल्याउन सफल भएको बताए । कम्तीमा एक महिनालाई पुग्ने औषधि ल्याउन चाहेको भए पनि विमानहरुले कार्गो बोक्न नमान्ने जस्ता समस्या आएको उनले बताए ।

नेपाललाई आवश्यक पर्ने औषधिहरु उपलब्ध गराउन तयार रहेको भन्दै उनले चीन, बंगलादेश र भारतमा किनिएका औषधि आउने क्रममा रहेको बताए ।
डा. भगवान कोइरालाले आफूहरुले दिएको सूचीकै आधारमा एनआरएनएले औषधि उपलब्ध गराएको बताए । यो यो औषधिले कम्तिमा चार हप्तासम्म काठमाडौं र बाहिरका सरकारी अस्पताललाई पुग्ने बताए ।