पूर्व गोर्खा सैनिकलाई बेलायती नागरिकता सहज बनाउन काउन्सिलरले लेखे प्रधानमन्त्रीलाई यस्तो पत्र

लण्डन । नेपालीहरुको उल्लेख्य बसोवास रहेको बेलायतको  रसमुर काउन्सिलका नेता डेभिड क्लिफोर्डले नेपाली गोर्खाजहरुलाई व्रिटिश नागरिकता तथा पासपोर्ट वितरणमा भइरहेका अवरोधहरु हटाउन माग गर्दै प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेखेका छन् ।

भूतपूर्व गोर्खा सैनिकलाई बेलायतको नागरिकता र पासपोर्ट लिने प्रक्रिया सरल र सहज बनाउन तथा पासपोर्ट लिदा लाग्ने शुल्क पनि मिनाहा गरिदिन माग गर्दै नेपाली समुदाय सँग निकट रहेका काउन्सिलर क्लिफोर्डले प्रधानमन्त्री जोन्सनलाई एक पत्र लेख्दै यस्तो माग गरेका हुन्  ।

नेता क्लिफोर्डले लेखेको उक्त पत्रमा गोर्खाजहरुले ब्रिटिश पासपोर्ट लिनको निम्ती २ हजार पाउण्ड तिर्नुपर्ने बाध्यता रहेको छ । उनले बेलायती रक्षा तथा परराष्ट्र मन्त्रालयलाई पनि सम्बोधन गर्दै शुल्क घटाउन र प्रक्रियालाई सरल र लचिलो बनाउन अनुरोध गरेका छन्।

वेलायती सेनामा काम गरेका पूर्व सैनिकहरुका लागि यो जल्दोबल्दो समस्या भएको भन्दै उनले यसका बारेमा काउन्सिल नियमित परामर्शमा रहने बताएका छन् । गोरखाहरुको सो समस्या चाँडोभन्दा चाँडो समाधान भए आफू सरकारप्रति कृतज्ञ रहने भन्दै उनले त्यसो भएमा बेलायतकी महारानी र बेलायतका लागि योगदान दिएका गोरखाहरुप्रति हाम्रो सहयोग देखाउने मौका मिल्ने बताएका छन् ।

‘व्रिटिश आर्मी फोर्समा गोर्खाजहरुले पुर्याएको योगदानलाई हामीहरुले मौका देखाउने समय आएको छ,’ उनले भनेका छन्, ‘उक्त समस्याहरु समाधानमा चाँडो भन्दा चाँडो पहलकदमी लिइएको खण्डमा हामीहरु आभारी हुनेछौँ ।’ उनी बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट निर्वाचित काउन्सिलर हुन् ।

यसैबीच कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको नेपाली काउन्सिलर  प्रवेश केसीको समन्वयमा उक्त माग प्रधानमन्त्री समक्ष पुर्याउन सम्भव भएका होे । ‘यस्तो किसीमको प्रस्ताव स्थानीय सरकारले पहिलो पटक गोर्खाजहरुको सपोर्टमा गरेको हो’, केसीले लण्डन नेपाललाई भने, ‘बेलायतमा नेपालीहरु पनि काउन्सिलर हुनु तथा यहाँको बेलायती राजनीतिमा हामीहरुको पहुँच बढ्नुले मात्र यो सम्भव भएको हो ।’ ‘हाल लामो समय व्रिटिश आर्मीमा सम्म सेवा गरेर जागिर छोडेपछि मात्र व्रिटिश पासपार्ट एप्लाई गर्ने गरिन्छ। त्यसरी एप्लाई गरेपछि करिब ६ महिनासम्म काम गर्न तथा यात्रा पाउँदैनन’, केसीले भने, ‘त्यो प्रक्रियालाई सहज बनाउन लामो समयदेखि हामीहरुले गर्दे आएको माग सम्बोधन हुने खबरले खुशी भएका छौँ ।’ यस अभियानमा साथ दिने स्थानीय ग्रेटर रसमोर नेपलिज कम्युनिटीका निवर्तमान अध्यक्ष एवं काउन्सिलर पदका उम्मेदवार जीव बेल्वासे र अर्का काउन्सिलरका उम्मेद्वार समेत रहेका नेम थापाले पनि ठूलो सहयोग पुर्याएको भन्दै काउन्सिलर केसीले धन्यवाद समेत दिएका छन् ।

स्थानीय सरकारले गोर्खाहरुको सपोर्टको लागि पहिलो पटक यो काम गरेको भन्दै यहाँस्थित नेपालीहरुले खुशी व्यक्त गरेका छन् । अल्डरसटमा नेपाली जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पुरयाउने मुख्य ‘एजेन्डा’ राखेर दुई बर्ष अघि केसीले अल्डरसटबाट चुनाव जितेका थिए । सन् १९९६ मा बेलायत आएका म्याग्दीमा जन्मिएका केसी बेलायतमा प्रोपर्टी व्यवसायमा समेत आवद्ध छन् ।काउन्सिलरले लेखेको पत्र जस्ताको तेस्तै:

Q