बङ्गलादेशले फेसबुक तथा च्याट एप्लिकेसनलाई थप प्रतिबन्ध

facebook1बङ्गलादेश- बङ्गलादेशको प्रशासनले गएको एक हप्तादेखि प्रतिबन्ध लगाइँदै आएको फेसबुक तथा मोबाइलबाट सन्देश प्रवाह गर्ने सेवालाई सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि थप गरेको छ ।

प्रशासनले मङ्गलबार सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार सरकारले फेसबुक तथा विभिन्न सन्देश प्रदायक सेवा (एप्लिकेसन) लाई गएको बुधबारदेखि प्रतिबन्ध लगाउँदै आएको थियो ।

सुरक्षा स्थितिलाई ध्यानमा राख्दै उक्त प्रतिवन्धमा थप गर्ने निर्णय गरेको बङ्गलादेशका दूरसञ्चार नियमक आयोगका प्रमुख साहजहाँ महमदले बताउनुभयो ।

बङ्गलादेशमा फेसबुक, ह्वाट्स एप्स र साइबरलगायत सामाजिक सञ्जाललाई बङ्गलादेशको प्रशासनले प्रतिपक्षी दलका दुई जना नेतालाई मृत्युदण्ड दिएपछि आएका सन्देश पछि सम्भावित सङ्कट आउन सक्ने भन्दै यस्ता सन्देश प्रवाहमा प्रतिबन्ध लगाइएको हो ।

बङ्गलादेशका नागरिकलगायत विभिन्न दलका नेताले सार्वजनिक रुपमा देशभर आम आन्दोलनको घोषणा सार्वजनिक संजाल मार्फत् गर्न थालेपछि यस्ता सन्देश प्रवाहमा प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ ।