संवैधानिक परिषद्को बैठक

लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति सिफारिसलगायतका विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक आज शुक्रबार बस्दै छ । प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमो सिंहदरबारमा बैठक बसकेको । यसअघि हिजो बस्ने भनिएको बैठक सदस्यहरुको कार्यव्यस्तताको कारण स्थगित गरिएको थियो । लोकसेवा आयोगमा पाँच पदाधिकारी हुनुपर्नेमा हाल दुई पद रिक्त छन् । अध्यक्ष कयोदेवी यमी, सदस्यद्वय टिकादत्त निरौला र राजेन्द्र प्रसाद साहको पदावधि पनि फागुन ४ गते सकिँदै छ । परिषदको सिफारिस, संसदीय सुनुवाई लगायतका प्रक्रिया पूरा गर्दा नियुक्ति हुन कम्तिमा १५ दिन लाग्दछ । तर, दलीय भागबण्डाको विवादले परिषदले पदाधिकारी सिफारिस गर्न ढिलाइ गरेको छ । लोकसेवा आयोग पदाधिकारी विहीन भए कर्मचारीको नयाँ नियुक्ति, सरुवा बढुवा लगायतका प्रक्रिया अबरुद्ध हुनेछ  ।