स्थानीय जनप्रतिनिधिलाई राजीनामा दिन विप्लवको उर्दी, भन्यो, ‘जे पनि हुनसक्छ’

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुंगाका स्थानिय तहका जनप्रतिनिधिहरुको राजीनामा माग गरेका छन् ।

पार्टीको भातृसंगठन जनपरिषद् नेपालले जिल्लाका आठ ओटै स्थानिय तहको नाममा पत्र लेख्दै राजीनामाको माग गरेका हुन् ।

उक्त पत्रमा भनिएको छ, ‘मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रको स्वाधिनता सामाजिक सुरक्षा सहितको विकास र समृद्धिको आधार तयार गर्नको लागि तपाईंले आफ्नो पदबाट राजीनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्रता पूर्वक आग्रह गर्दछौँ । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार तपाईं आफैं हुनुपर्नेछ ।’

सोमबार जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउपालिकामा बुझाएको पत्र मंगलबार अन्य स्थानिय तहका प्रमुखहरुलाई बुझाइने पार्टीका जिल्ला सेक्रेटरी अमृत बस्नेतले बताए ।