सत्तारुढ र विपक्षी दलहरू झण्डै दुई साता लामो संवादहीनता तोडै वार्तामा बस्ने तयारीमा लागेका छन् । संविधानसभाको बहुमतीय प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएपछि सत्तापक्ष र आन्दोलनरत एमाओवादी नेतृत्वको विपक्षी मोर्चाबीच वार्ताको वातावरण बन्न लागेको हो । संवादको वातवारण बनाउनकै लागि बिहीबारदेखि संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बिहीबार टेलिफोन कुराकानी भएको छ । कुराकानीका क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा बैठकको समय नतोके छलफलका लागि अनुकुल वातावरण बन्न सक्ने धारणा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीसँग राखेका थिए ।
प्रधानमन्त्री कोइराला र दाहालबीच यसअघि चारपटक कुराकानी भएको थियो । तर दाहालले राजनीतिक गतिरोध बढेपछि एमाले अध्यक्ष केपी ओलीसँग चाहिँ पहिलो टेलिफोन संवाद गरेका हुन् । दलहरुबीच संवादको वातावरण बनाउन बिहीबारदेखि संविधान सभाको बैठक स्थगित गरिएको हो ।
वार्ताको वातावरण बन्दै






