राजधानीमा भूकम्पको ठूलो धक्का

earthquake
काठमाडौँ- आज साँझ ७ बजेर ५ मिनेट जाँदा ललितपुरको नख्खुडोल नजिकै केन्द्रबिन्दु बनाएर ४.५ रिक्टर स्केलको परकम्प गएको छ ।

साँझको परकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’को परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गोरखा भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत परकम्प जाने क्रम रोकिएको छैन । गोरखा भूकम्पपछि चार रिक्टर र त्यसमाथिका ४४६ परकम्प गइसकेका छन् ।

काठमाडौँ नजिकै केन्द्रबिन्दु भएर परकम्प जाँदा उपत्यका भूकम्पको ठूलो धक्का महसुस भएको छ । साँझपख भूकम्प आएपछि उपत्यकाका धेरै मानिस घर बाहिर निस्किएका थिए ।