लण्डन ।नायक निर्देशक भुवन केसी र उनका सुपुत्र हिरो अनमोल केसी ड्रिम्स् फिल्म लिएर लण्डन आउने भएका छन् ।
सपन इन्टरटेनमेन्ट लि. यूकेले आगामी ८ मे मा दि इम्पायर ब्याङक्यूटिङ हल, अल्डरसटमा गर्न लागेको शोमा उनीहरुको सहभागिता रहने भएको हो ।
सपन इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक राईले बेलायतवासी नेपालीलाई उत्कृष्ट फिल्म देखाउनेमात्र होइन, नेपाली चलचित्रको प्रवर्धन पनि आफ्नो उद्देश्य रहेको बताए । उनले शोमा नायक निर्देशक भुवन केसी र नायक अनमोल केसी पनि बेलायत आउने तय भएको जनाए ।
अनमोल अहिले पपुलर सेलिब्रेटी मानिन्छन् नेपालमा । यसअघि उनका होस्टेल र जेरी फिल्म पनि चर्चा बटुल्न सफल भएका थिए ।







