लण्डनको ब्यस्त ट्युब स्टेशन नजिकै किशोरमाथि चक्कु प्रहार

लण्डन । बेलायतको ब्यस्त मानिने पश्चिम लण्डनस्थित एक ट्युब स्टेशन नजिकै एक किशोरमाथि छुरा प्रहार भएको छ ।

बेलायतमा पछिल्लो समयमा देखिएको चक्कु हिंसा अन्तर्गत ती किशोरलाई छूरा प्रहार गरिएको प्रहरीले जनाएको छ । शेफर्ड बुश मार्केटमा विहान साढे ६ बजे भएको उक्त हिंसामा परी घाइते भएका ती १७ बर्षे किशोरको यतिबेला उपचार चलिरहेको छ । घाइतेको अवस्थामा सामान्य रहेको बतायएको छ ।

घटनमा संलग्न कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । यद्यपि प्रहरीले यस विषयमा गहिरो अनुसन्धान गरिरहेको छ ।

घट्नास्थलको सडक बन्द गरिएको छ, यात्रुहरुलाई वैकल्पिक रुट प्रयोग गर्न भनिएको छ ।

१४ बर्षीय किशोरमाथि भएको चक्कू प्रहारको घटना सेलाउन नपाउँदै त्यसको १४ दिनमा उक्त घटना भएको हो । ती बालकको पनि उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको छ ।

तस्वीर – https://www.standard.co.uk