एनआरएन युके मिडल्याण्डबाट चुनाबी मैदानमा ऊत्रिए ४ प्रत्याशी को के मा लड्ने ?

लण्डन । साझा नेपाली समाज यूकेले पहलमा विगतमा झै यस पटक पनि मिडल्याण्डबाट एनआरएनए यूकेको आगामी कार्यकालका लागी साझा उम्मेद्वारहरुको घोषणा गरेको छ ।

२४ मे २०२१ मा साझा नेपाली समाज यूकेको नेतृत्वमा मिड्ल्याण्डका सबै क्षेत्रलाई समेटेर गठन गरिएको एनआरएनए यूके प्रतिनिधि छनोट समितिको एभरेस्ट फ्यूजन लाउन्ज, आर्नोल्ड नटिंघममा बसेको बैठकले उम्मेद्वारहरु छनौट गरेको हो ।

छनोट समितिका संयोजक कृष्ण शर्मा सापकोटा र सदस्यहरु दयानिधी सापकोटा, महेश अधिकारी, केशव भण्डारी, कोशलेश्वर (कृष्ण) ढकाल, राजु कडेल, पशुपति पोख्रेल, भोजराज भण्डारी, हिरा (दिपक) सापकोटा, भिम शारू मगर, उपेन्द्र पौडेल, राम प्रसाद पन्थी, रण बहादुर केसी, आकांक्षी उम्मेदवारहरू, साझा नेपाली समाजका ट्रस्टीज, मिड्ल्याण्डबासी सामाजिक अग्रज अभियन्ता र बुद्धीजिविहरुको उपस्थिति रहेको उक्त बैठकमा छलफल गरी आपसी सहमतिमा एन आर एन ए यूके २१-२३ को चुनावमा भाग लिनको लागि एक संयुक्त प्रतिनिधि मण्डल चयन गर्ने निर्णय भएको थियो ।

अध्यक्ष कृष्ण शर्मा र महासचिब राम प्रसाद पन्थीले छनोट समितिका सदस्यहरु र आकांक्षीहरुसँग छलफल गरी अन्तिम नामावली सार्वजनिक गर्न दिएको म्यान्डेड अनुसार मिडल्याण्डबाट एनआरएन यूकेको आगामी कार्यसमितिको निम्ती उम्मेद्वार नेताहरु छनौट गरेको जानकारी गराएका छन् ।

जस अनुसार एनसीसी उपाध्यक्षहरुमा गोबिन्द खरेल, पवन शर्मा सचिबमा बिष्णु चालिसे, सहकोषध्यक्षमा शशांक शर्मा, छन्  भने सदस्यहरुमा राम प्रसाद पन्थी,चम्पा थापा,हीरा (दिपक) सापकोटा,उपेन्द्र पौडेल,भीम खनाल,भानुभक्त घिमिरे,पदम शाही,ऋषि सापकोटा,पुण्डरी अर्याल लगायतले उम्मेद्वारी दिने भएका  छन् ।

उपाध्यक्ष पदमा आकांक्षा राखेका तारानाथ भण्डारी संस्थाको आग्रहको आधारमा आफूले गरेको आकांक्षा फिर्ता गरी सम्मानको पात्र बनेको संस्थाले जनाएको छ ।

यसरि अन्य व्यक्तिहरुलाई मार्ग प्रशस्त गर्ने क्रममा विष्णु चालिसेले उपाध्यक्ष छोडेर सचिव रोजे भने, शशांक शर्माले पनि सचिब पदको आकांक्षा छोडेर सहकोशाध्यक्ष पदमा जाने कुरामा सहमत भएका छन् ।
उम्मेदवारी दर्ता गर्ने बेलासम्म प्रस्तावित नामहरुमा आपसी सहमतिमा फेरबदल तथा थपघट पनि हुन सक्ने अध्यक्ष र महासचिबले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मिड्ल्याण्डको टिममा राज्यपरिषद लगायत अन्य स्थानहरुमा पदिय भूमिका निभाउनु परेमा आकांक्षीहरुलाई निर्वाचन प्रचार प्रसार समितिले उपयुक्त स्थान दिने समेत जनाइएको छ ।

‘मिड्ल्याण्डबासीहरुको एकता एनआरएनए यूकेमा संयुक्त सहभागिता’ नाराकासाथ एनआरएनए यूकेलाई आधुनिक, पारदर्शी, चुस्त, नागरिकप्रेमी र बिदेशीएका नेपालीहरूको हक र अधिकार लाई व्यवस्थित गर्दै नेपाल सरकारसंग हातेमालो गर्दै पर्यटनको बिकास, औद्योगिकरण, रेमिटेन्सको अभिलेख ब्यबस्थापन र रेमिटेन्समा योगदान कर्तालाई जीवन बिमाको ब्यबस्था सम्मको वैधानिक प्रावधान गर्न लागि पर्नूका साथै नेपाल एम्बेसीबाट गैर आवासीय नेपालीलाई जारी गर्ने नेपाल आवत जावतमा भिसा सहजीकरण एनआरएन कार्ड सकेसम्म एनआरएनए यूकेको पहलमा सरल र सुलभ बनाउने उद्धेश्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

एनआरएनए यूकेको सदस्यता बनाउने काममा एकजुट भई आआफ्नो क्षेत्रबाट सम्पूर्ण सामाजिक अभियन्ताहरु परिचालन गरी सिंगो मिड्ल्याण्ड एक ढिक्का भएर अघि बढेको भन्दै संस्थाले प्रत्याशी प्रतिनिधि टोली, मिड्ल्याण्डका सस्थाका कार्यसमितिहरूका पदाधिकारिहरु, समाजसेबी, सामाजिक अभियन्ता, बुद्धिजीवी र युवा पुस्ताहरु सक्रिय बनाई सदस्यता बनाउने काममा पूरै मिड्ल्याण्ड जुरुक्कै उठेको समेत बताएको छ ।

प्रतिनिधि मण्डल र मिड्ल्याण्डका एनआरएनएयूकेका अग्रज सहितको एक चुनाब प्रचार प्रसार समितिको चयन गरिने समेत संस्थाले जानकारी गराएको छ । उक्त समितिले केन्द्रमा लबिंग गरी बलियो र सक्षम टीममा जाने निर्णय पनि गर्नेछ । सोही निर्णय अनुसार मिडल्याण्डका सबै उम्मेदवार एउटै टीमबाट प्रत्याशी हुनुपर्नेछ ।

विज्ञप्तीमा भनिएको छ, यो समितिले सदस्यता बनाउन सहजीकरण को भूमिका, चुनावको प्रचार प्रसार, निर्वाचनको नतिजा अन्तिम हुने बेलासम्म निर्बाचन सम्बन्धी बिषयका अन्य निर्णय र कामहरु गर्नेछ।
आफ्नो टोलीलाई भारी मतका साथ जिताउने संकल्पका साथ अघि बढेको मिड्ल्याण्डको यो संयुक्त प्रतिनिधि मण्डल भन्दा बाहिरबाट कसैले उम्मेदवारी दिएमा यो साझा टोलिको आधिकारिक साथ र समर्थन रहने छैन ।