माघ २५ पछिमात्र उम्मेदवारीको औपचारिक घोषणा गर्छु : रामचन्द्र पौडेल

ramchandra
तनहुँ- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको १३ औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिन आफूले खुट्टा नकमाउने बताएका छन् ।

तनहुँको दमौलीमा ञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति पौडेलले पार्टीको नेतृत्व लिन आफूलाई अब कसैले रोक्न नसक्ने बताएका हुन् ।

उनले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा भने माघ २५ गतेपछि मात्रै गर्ने स्पष्ट पारे । पार्टीभित्रको गुट उपगुट र भागवण्डाको राजनीति अन्त्य गर्न पनि आफूले नेतृत्व लिनुपर्ने उनको भनाइ थियो ।