बेलायतमै छायांकान हयाप्पी डेज’ को रेड कार्पेटसोमा लिमोजिन बाट उत्रिदा [भिडियो सहित]

 शिव भण्डारी
लन्डन– बेलायतमै छायांकान भएको हाई बजेट फिल्म हयाप्पी डेजको ग्रयाण्ड रेड कार्पेट प्रिमियर शो लन्डनमा भव्यरुपमा भएको छ ।
आइतबार दिउँसो प्रिन्सेस हल, अल्डरसटमा विशेष तामझामका साथ प्रिमियर शो सम्पन भएको हो । रेड कार्पेटमा कलाकारहरु उत्रेपछि पाइपर ब्यान्ड र दर्शकहरुले भव्य स्वागत गरेका थिए ।
बेलायत आएका कलाकारहरु धिरेन शाक्य, प्रियंका कार्की, प्रदीप खड्का, दीया पुनलगायत कलाकारहरु उक्त शोमा विशेष उपस्थिति थियो । कार्यक्रम बेलायतका लागि नेपालीराजदूत डा. दुर्गाबहादुर सुवेदीले उद्घाटन गरे ।
मिलन चाम्सले निर्देशन गरेको ‘हयाप्पी डेज’ मा बेलायतका नेपाली व्यवसायीहरु निर्माताहरुमा वीपी खनाल, हिरल जोशी, भवानी शर्मा, मिलन चाम्स र डा. अशोक बन्साल छन् ।
बेलायतमै छायांकन गरिएकाले यसको लगानी करिब २ करोड ५० लाख रुपैयाँ पुगेको जनाउँदै आएका छन । बेलायतमा ९५ प्रतिशत छायांकन गरिएकाले स्कटल्याण्ड, वेल्स र इंग्ल्याण्डका रमणीय दृश्यहरु चलचित्रमा देखियो ।
‘हयाप्पी डेज’ नेपालमा भने माघ १२ देखि प्रदर्शन हुनेछ ।