मोरङ क्षेत्र नम्वर ६ मा यतिबेला चुनावी रौनकले छपक्कै छोपेको छ । जहा बाम गठबन्धनबाट पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र काग्रेसबाट शेखर कोइराला चुनावी मैदानमा हुनुहुन्छ । दुवैले जनताको घर दैलो पुगेर आफ्ना प्रतिवद्धता र योजना सुनाईरहेका छन् ।
यसैक्रममा पण्डित भने सादगी तरिकामा जनताको घर घरमा गएर मत माग्न व्यस्त रहेको हामीले भेटाएका छौ । उहाले त्यहाका जनतालाई आफु इन्जिनियरिङ फिल्डको मान्छे भएको भन्दै दिल फुकाएर विकासको काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाले भन्नुभयो, म त इन्जिनियरिङ गरेको मान्छे, विकास निर्माण कसरी गर्नुपर्छ भन्ने थाहा छ । इन्जिनियरिङ गरेको मान्छेलाई प्रशासनिक मन्त्रालयको जिम्मा दिदा त मैले गरेर देखाईदिए, प्रमाणित गरेर देखाईदिएको छु । सामान्य प्रशासन मन्त्री हुदा पिआर र ग्रिन कार्ड होल्डरविरुद्ध युद्ध छेड्नु भएका पण्डितले अगाडी भन्नुभयो, देशलाई कसरी माया गर्न सकिन्छ, देशलाई लुट्नेहरुबाट कसरी बचाउन सकिन्छ भनेर मैले मेरो कार्यकालमा प्रमाणित गरिसकेको छु । मैले यो क्षेत्रमा विकास गर्नका लागी पाइला चालेको छु, साथ सहयोग पाएमा गर्नेछु ।
उहाले निर्वाचित भएपछि म पुन यो ठाउमा आउदा शिर निहु¥याएर आउनुपर्ने अवस्था आउन नदिने बाचा समेत व्यक्त गर्नुभयो । विराटनगरलाई प्रदेशको राजधानी बनाउने कुरामा आफ्नो जोड रहेको बताउदै यसमा सबैको सहयोगका लागि अपिल समेत गर्नुभयो । उहाले स्थानीय क्षेत्रमा हरेक वर्ष बाढिले पु¥याउदै आएको क्षतिको रोकथामको उपाय समेत बताउनु भयो । यहा रहेको रिङरोड लाई अलिक अग्लो बनाएर गए बाढी रोक्न सकिने बताउदै एउटै काम एउटै इन्जिनियरिङबाट त्यो गर्न सकिने उल्लेख गर्नुभयो । विकास निर्माणका कार्यमा ठेकदारलाई जिम्मेवार बनाएर गएमात्र दिगो विकास हुन सक्ने बताउनु भयो ।






