गोमा एयर जहाज दुर्घटनामा चालक राईको निधन

काठमाडौं- सोलुखुम्बुको लुक्लामा दुर्घटनामा परेको गोमा एयरको विमान चालकको निधन भएको छ । ९ एन ए के वाइ कल साइन भएको जहाज बिमानचालक पारस राई (४९) र सहायक सुजन मानन्धरले उडाएका थिए ।

गम्भिर घाइते राईको उपचारका क्रममा लुक्ला अस्पतालमा निधन भएको हो । विमानमा एयर होस्टेज प्रज्ञा महर्जन थिइन्।

सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारी बिमानस्थलमा अबतरण गर्ने क्रममा एयरको बिमान दुर्घटनामा परेको थियो ।

दिउँसो २ बजे काठमाडौँबाट कार्गो उडान भरेर लुक्ला आएको बिमान अबतरण गर्नु अघि धावन मार्ग छेवैमा रहेको सल्लाको रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।
क्याप्टेन पारस राइको घर भोजपुरको साङपाङ रहेको छ । साविकको साङपाङ गाविस–८ हाल षडानन्द नगरपालिका वडा नं १० पर्दछ ।

राईका एक छोरा र एक छोरी रहेका छन् ।