भरतपुर महानगरमा रेणुले भोट बढाउँदै

भरतपुर- मतगणना चलिरहेको वडा नम्बर २२मा एमालेको प्यानल अगाडि हुँदा मेयरका उम्मेदवार देवीलाल ज्ञवालीको मतान्तर १४६३ घट्दै गइरहेको छ ।

वडा नम्बर २२ (पटिहानी, धनौजी, पदमपोखरी) मा कुल खसेको मत २८५२ मध्ये १८०० मत गनिसक्दा देवीलाल ज्ञवालीले ३८१८५ र रेणु दाहालले ३६७२२ मत पाएका छन् भने उपमेयर तर्फ दिव्या शर्माले ३४८६४ र पार्वती शाहले ४०५२६ मत पाएका छन् ।

वडा अध्यक्षमा एमालेलाई ६३५ माओवादी केन्द्रलाई ४९७ र कांग्रेसलाई ५०५ मत आएको छ । अहिले गणना चलिरहेको २२ नम्बर वडाको नतिजा आएपछि १८, १९, २० र २१ गरि चार वडाको गणना बाँकी रहनेछ, जसमा कुल १३२९८ मत खसेको छ ।