सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदै

काठमाडौं- संघीय संसदको सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुँदैछ ।

भोलि हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो ।

सचिवालयले संघीय संसदका महासचिवसमक्ष उम्मेदवारी दिने व्यवस्था मिलाएको छ ।

आजै दिउँसो १:३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ ।

मतदान भोलि १ बजे हुनेछ ।

बामगठबन्धनबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई उम्मेदवार हुने भएका छन् ।

प्रतिनिधिसभाको कुल २७५ सदस्यमध्ये सभामुख निर्वाचित हुन कम्तीमा १३८ मत चाहिन्छ ।

संसदमा एमाले–माओवादीको बहुमत छ ।