काठमाडौं- राष्ट्रपति पदमा वाम गठबन्धनविरुद्ध उम्मेदवार उठाउने निर्णय गरेको कांग्रेसले सभामुख पदमा भने उम्मेदवारी नदिने भएको छ।
राष्ट्रपतिको कार्य सन्तोषजनक नभएकाले उम्मेद्वारी दिएको बताउदै आएको कांग्रेसले सभामुख सिंगो सदनको नेता भएकाले उम्मेद्वारी नदिएको बताएको छ । वाम गठबन्धनले सभामुखमा माओवादी नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाएको छ ।
काँग्रेस उम्मेद्वारी नदिने भएपछि महरा नै सभामुख बन्ने पक्कापक्की भएको छ । सभामुखको आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।






