प्रधानमन्त्री ओलीको निर्देशनपछि घरेलु कामदारकारुपमा रहेका प्रहरी फिर्ता

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले घरेलु कामदारका रूपमा रहेका प्रहरीका जवान फिर्ता ल्याउन निर्देशन दिएलगत्तै गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ।

गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र काटेर ‘बिना रेकर्ड’ का करिब ५ हजार संख्यामा रहेका प्रहरी कहाँ–कहाँ खटिएका छन् भनेर दरबन्दी विवरण मागेको छ । गृह सचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा सुरक्षाकर्मीको दुरुपयोग रोक्न उच्च स्तरीय समिति नै बनाइएको छ ।

प्रहरी प्रधान कार्यालयले भने गृहले भनेजस्तो रेकर्ड बिनाको प्रहरी नरहेको दाबी गरेको छ । स्रोतका अनुसार ७२ हजार ७ सय ४४ दरबन्दी रहेको नेपाल प्रहरीमा अहिले ४ हजार ७ सय ९४ दरबन्दी रिक्त छ ।