गिरिजाप्रसाद कोइरालाको छाँयाबाट सरकार डराएको हो ?

काठमाडौं– कांग्रेस सांसद सुजाता कोइरालाले स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई वर्तमान सरकारले अपमान गरेको गुनासो गरेकी छन् । उनले आइतबारको संसद बैठकमा भएको बजेटमाथिको छलफलमा भाग लिदै नेतृ कोइरालाले बजेटमा गिरिजाप्रसाद कोइरालाको नाम कतै उल्लेख नगरेको भन्दै गिरिजाप्रसाद कोइरालाको छाँयाबाट डराएको हो कि ? भनेर प्रश्न गरिन् ।

उनले बजेट निर्माण र लगायत कुनैपनि विषयमा सरकारले प्रतिपक्षसँग कुनै सहकार्य नगरेको भन्दै प्रतिपक्षलाई एक्ल्याउने काम गरेको बताईन । उनले प्रतिपक्षलाई एक्ल्याइए प्रजातन्त्र कमजोर हुने र देश दुर्घट्नामा पर्ने समेत चेतावनी दिइन् ।

कोइरालाले बजेट विनियोजन गर्दा पक्षपात गरेको आरोप समेत लगाइन् । ‘काँग्रेसले जितेका स्थानीय तहमा थोरै बजेट दिएको छ, सच्याउनुपर्छ । नसच्याए जनतामा विभाजन आउँछ । बजेट सबै जनताको बनाउनुपर्छ । कुनै एक पार्टीको बजेट बनाउनुहुन्न्’ कोइरालाको माग छ ।

‘पुष्पलालको नाममा प्रतिष्ठान बनाउने भन्ने स्वागतयोग्य कुरा भएपनि काँग्रेसका नेताका नाममा रहेका अस्पताल र संघ–संस्थाबारे बजेट मौन रहनु दुर्भाग्य भएको बताइन् । सम्बृद्ध र सु–शासनप्रति जनता र प्रतिपक्षको धेरै ठूलो चासो रहेको र त्यसका लागि द्धन्दकालीन मुद्धा टुङग्याउनुपर्ने भन्दै कोइरालाले सरकारले गर्ने राम्रो कामका लागि काँग्रेसको सहयोग गर्न तयार रहेको बताइन् ।