देशभर चिसो बढ्यो, काठमाडौंमा पानी पर्‍यो

rain-pani1काठमाडौं- काठमाडौँ उपत्यकालगायत देशभरको मौसममा बदली आउँदा अत्यधिक चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव तथा न्यून चापीय रेखाको प्रभावको कारणले देशभरिकै मौसममा बदली आएको हो । पछिल्लो बदलावसँगै काठमाडौंमा पानी परेको छ ।

उच्च हिमाली क्षेत्र र तथा उच्च पहाडी क्षेत्रमा चर्को हिमपात हुने विभागले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौँलगायत पश्चिमी क्षेत्रमा बुधबार पनि मौसम बदली हुनेछ ।

मंगलबार मात्रै मुस्ताङ, मनाङ, जोमसोम, रसुवा, धादिङ, रसुवा, सिन्धुपाल्चोकको उच्च क्षेत्रमा हिमपात भएको कँडेलले जानकारी दिनुभयो । हिमपातका कारण भूकम्पबाट घरबारविहीन भएका भूकम्पपीडित बढी समस्यामा परेका छन् ।