काभ्रे – प्रहरी र जिल्ला बनको टोलीले पाँचखाल र महादेवस्थानबाट अवैध रुपमा कटान गरिएका सालका गोलिया बरामद गरेको छ ।
भूकम्पपीडितलाई वितरण गर्ने नाममा त्यसरी काठ तस्करी हुने गरेको पाइएको हो ।
पाँचखाल नगरपालिका फेदीमा तेजप्रसाद न्यौपानेको नाममा दर्ता भई राजेन्द्र न्यौपानेले सञ्चालन गर्दै आएको उमादेवी काठ उद्योगबाट ५ सय २१ सालका गोलिया बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए । तेजप्रसादलाई पक्राउ गरिएको छ ।






