लण्डन,
आगामी जनवरी ४ मा मिस टिन, मास्टर एंड मिस लिट्टल नेपाल यूके नाइट हुने भएको छ । लण्डन फेशन हाउसले क्लिकटुरिचको सहकार्यमा लण्डनको ह्यारो बरो फूटबल सेन्टरमा यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।![Screen-Shot-2015-12-22-at-22.12.44-360x300[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/12/Screen-Shot-2015-12-22-at-22.12.44-360x3001.png)
लण्डन फेशन हाउसले बेलायतमा रहेका बालबालिकाहरुको प्रतिभा उजागर गर्न मिस टिन, मास्टर एंड मिस लिट्टल नेपाल यूके प्रतियोगिता बिगतमा गर्दै आएको थियो । यसपाली भने बालबालिकाहरुको प्रतिभा उजागर गर्नुको अलाभा उनीहरुलाई सम्मान गरी समुदायमा सहभागिता बढाउन पनि यो कार्यक्रमले सहयोग गर्ने आयोजकको बिश्वास छ ।
आयोजक लण्डन फेशन हाउसकी निर्देशिका मनिषा डंगोल श्रेष्ठले बेलायतमा रहेका बालबालिकालाई नेपालमा गएको महा भुकम्पको पुननिर्माणमा संलग्न गराउने उधेश्य रहेको बताइन।
आयोजक श्रेष्ठले भुकम्प पिडितहरुको लागि ‘कोशिश’ प्रोजेक्ट सुरु गर्न लागिरहेको जानकारी दिदै भनिन-“”बेलायती धर्तीमा जन्मे हुर्के पनि शरीरमा नेपाली रगत लिएर बाँचेका हाम्रा भाबी पुस्ताले नेपालको पुन:निर्माणमा साथ दिन लागेकोले खुशी लागेको छ।”






