लण्डन-तमुधिं एशोसिएसन युकेले तमुहरुको महान् पर्व तमु ल्होछार आगामी २ जनवरी शनिबार रिभरमेड लिजर कम्प्लेक्स रेडिङमा मनाउने भएको छ । गत शनिबार मिचेटस्थित तमुधिं भवनमा सम्पन्न बैठकले ल्होछारका लागि कार्यविभाजन समेत गरेको छ । ![x1449721116tamudhee,P20losar.PNG,qs=b756143165a65e4c942c47911c79dec1.pagespeed.ic.oHv4a2PyDU[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/12/x1449721116tamudheeP20losar.PNGqsb756143165a65e4c942c47911c79dec1.pagespeed.ic_.oHv4a2PyDU1-215x300.jpg)
कार्यक्रममा ल्होछारको लागि नेपालबाट कलाकारहरु राजु गुरुङ, निता गुरुङ, रन्जु रिजाल काफ्ले र गणेश गुरुङको साथसाथै गोर्खा समाज, लमजुङ समाज, सोपाल समाज, रोधी परिवार तथा कलाकार संघ युकेको प्रस्तुती रहने छन्
कार्यक्रममा शैक्षिक क्षेत्रमा राम्रो नतिजा ल्याउनेहरुलाई सम्मान तथा जिसिएससीमा सर्वोत्कृष्ट नतिजा ल्याउनेलाई डा. हर्क अवार्ड प्रदान गरिनेछ । यो कार्यक्रमका आजीवन सदस्यहरु र एकदमै राम्रो काम गर्नेलाई पनि सम्मान गरिनेछ ।
कार्यक्रममा शैक्षिक क्षेत्रमा राम्रो नतिजा ल्याउनेहरुलाई सम्मान तथा जिसिएससीमा सर्वोत्कृष्ट नतिजा ल्याउनेलाई डा. हर्क अवार्ड प्रदान गरिनेछ । यो कार्यक्रमका आजीवन सदस्यहरु र एकदमै राम्रो काम गर्नेलाई पनि सम्मान गरिनेछ ।
ल्होछारको मुख्य आकर्षक चीप स्टीक, बसको ब्यवस्था र टिकट राफल ड्रको ब्यवस्था गरिएको छ । जममा प्रथम पुरस्कार गोर्खा एण्ड बराहा ज्वेलरीबाट स्पोन्सर एक तोला सुन प्रदान गरिनेछ । साथै यो वर्ष ल्होछारको टिकट १२ पाउण्ड र राफल ड्रको भएकाले उपस्थिती संख्या पहिलेको भन्दा बढ्ने संयोजक ज्ञाम गुरुङले बताए । ल्होछारमा भिआइपी पाहुनाहरु, विभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकारहरुको समेत उपस्थिती रहने छ ।
कार्यक्रममा संयोजक तथा तमुधिंका उपाध्यक्ष ज्ञाम गुरुङले ल्होछार भब्यताका साथ मनाउने तयारी गरेको बताए । भेडा वर्गको बिदाइ तथा बादर वर्ग (प्रा ल्हो)को स्वागत गर्दै गुरुङ जातिहरुले पुस १५ का दिन धार्मिक पुजा गर्दै यो पर्व मनाउने परम्परा छ ।






