भारतले रोक्ने भो महरालाई, प्रचण्डलाई सकस

Krishna_Bdr_Mahara 700

काठमाडौँ, २५ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै मन्त्री मण्डल विस्तारका कार्य तिब्रताका साथ अघि बढी रहेको छ । सो मन्त्रीमण्डलमा कसलाई सहभागी गराउने भन्ने विषयमा चरम विवाद देखिएको छ ।

पार्टीका लागि योगदान दिएका, नेता– कार्यकर्ता माझ खासै विवादमा नआएका, पदका लागि लोभ नगर्ने कृष्णबहादुर महरालाई उपप्रधान तथा गृह मन्त्रालय दिनु पर्ने एमाओवादी भित्रै आवाज उठन थालेको छ । एमाओवादीले पाएको ६ मन्त्रालयमा हरिबोल गजुरेललाई कृषि मन्त्रालय दिने सहमति भईसकेको छ । निर्धारित ६ मन्त्रालयमा गृह एमाओवादीको भागमा पर्ने भएपछि यसअघि पनि सूचना तथा सञ्चारमन्त्री समेत भएका महरालाई गृह मन्त्री दिनबाट भारतले रोक्न खोजेकोे स्रोतको दावी छ ।

एमाओवादीले पाएका मन्त्री पद आफुले चाहेको भन्दा पनि भारतको चाहनामा हुनु पर्ने बाध्यात्मक अवस्था आएका कारण महरालाई सो मन्त्रालय नदिने चलखेल सुरु भएको एमाओवादी मुख्यालय पेरिसडाँडा स्रोतको भनाई छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पछिल्लो केही अभिव्यक्तिका कारण चिढिएको भारतलाई खुसी पार्नु पर्ने बाध्यता रहेको एमाओवादी स्रोत बताउँछन् । स्रोतका अनुसार उसले चाहेको जस्तो मन्त्री नपठाँउदा भोली समस्या हुने भएकाले भारतको चाहनामा चल्नु प्रचण्डको बाध्यता भएको हो ।

तर, एमाओवादी कार्यकर्ताहरुले महरालाई नै उपप्रधान तथा गृहमन्त्री दिन पार्टी अध्यक्ष प्रचण्डलाई दवाव दिइरहेको बुझिएको छ । महराका विषयमा ब्यक्तिगतरुपमा सकात्मक देखिएका प्रचण्डलाई भारतलाई चिढ्याउन नचाहेका कारण समस्या उत्पन्न भएको बताइन्छ  ।