जोक र ठोक् को कारण संविधान बन्न सकेन – कांग्रेस केन्द्रिय सदस्य गुरुङ

2
आकाश भण्डारी
३० मार्च
लिस्वन, काँग्रेस केन्द्रीय सदस्य तथा प्रमुख अतिथि धनराज गुरुङ ले केपी ओलीले संविधान सभा भबनमा जोक भन्ने र प्रचण्डले ठोक भन्नाले नेपाली काँग्रेस विचमा परेर संविधान जारी हुन नसकेको बताए l

चर्चित युवा नेता, काँग्रेस केन्द्रीय सदस्य, प्रमुख बक्ता गगन थापा ले सहमति या प्रक्रिया कुनै पनि हालतमा जेष्ठ १५ भित्र संविधान जारी गरिने बताएका छन l नेपाली काँग्रेस टाउको गन्ने पार्टी भएकाले टाउको गनेरै भएपनि संविधान जारी गर्ने कुरामा जोड दिए l साथै उनले गैर आवाशीय नेपालीहरुलाई निर्वाचनमा लड्न पाउने अधिकार बाहेकको नागरिकता दिनको लागी सबै दल लगभग सहमत भईसकेको बताए l

उक्त कुरा नेताहरुले जनसम्पर्क समिति पोर्चुगलको चौथो अधिवेशनलाई सम्बोधन गर्ने क्रममा बताएका हुन् l
नेताहरुले मन्तब्यको अधिकांश समय संविधान सभाको चुनौती, समस्या तथा देशको आर्थिक समृद्धि को बारेमा खर्चेका थिए l

कार्यक्रममा काँग्रेस १२ औ महाधिवेशन प्रतिनिधि चिज कुमार तामाङ, महिलाहरुको तर्फबाट श्रीमती बिष्णु लुइटेल सुवेदी, नेपाली एकता समाजका अध्यक्ष अर्जुन सुनार, प्रवाशी नेपाली मञ्चका अध्यक्ष सुभाषचन्द्र अधिकारी, उपाध्यक्ष खेमराज रानाभाट, सल्लाहकार भिम केसी, जन सम्पर्क समिति जर्मनीका अध्यक्ष शरण केसी, जन सम्पर्क समिति युरोपका महामन्त्रि गंगाधर गौतम, एनआरएनए पोर्चुगलका अध्यक्ष रमेश गुरुङ्, संस्थापक अध्यक्ष पूर्ण हमाल, लिस्वंनका लागी अवैतनिक वाणिज्य दुत मकर बहादुर हमालले अधिवेशन सफलताको शुभकामना ब्यक्त गरे। सोहि अवसरमा पोर्चुगल स्थित विभिन्न संघ-सस्थाका अध्यक्ष पदाधिकारी लगायत सयौको संख्यामा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो l अधिकांश बक्ताहरुले सभा हलमा भएको उद्दण्डताको तिखो आलोचना गरेका छन l

समितिले यसअघि बिपी स्मृति दिवस तथा बिपी सतबार्षिकी को अवसर रक्तदान गरेका महानुभाव, स्वयम् सेवक, बिधान समितिका सदस्य, निर्वाचन समितिका सदस्यहरुलाई नेता द्धयले प्रमाण-पत्र प्रदान गरेका थिए l स्थानिय कलाकारहरु स्मारिका, प्रियंका, रश्मि, सोनिया लगायतका बालिकाहरुको बिबिध नृत्यले अधिवेशन हल लाई संगीतमय बनाएका थिए l उद्घाटन सत्र उपाध्यक्ष भानु सापकोटा को स्वागत, महामन्त्री विनोद घिमिरे को संचालन र अध्यक्ष लक्ष्मि प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो l

संघियता पक्षधर भनिने संयुक्त मोर्चा नामक एक समूह ले विरोध गर्ने प्रयास गर्दा स्वयम् सेवक र सुरक्षाकर्मी ले हल बाट बाहिर निकालेका थिए l सोही कारण कार्यक्रम केहीबेर अवरुद्ध भएको थियो l

वन्द सत्रमा समितिका महामन्त्रि बिनोद घिमिरेले कार्य प्रगति विबरण र कोषाध्यक्ष लुईटेल सुवेदिले आर्थिक प्रतिवेदन पेश गरेका थिए। वन्द सत्रको सभापतित्व सस्थापक अध्यक्ष पूर्ण हमाल र संञ्चालक दामोदर सुबेदीले गरेका थिए। विधान संसोधन समितिका संयोजक भिम केसी कमल ले बिधान थप गरिएका नया बुदा सभा समक्ष प्रस्तुत गरेका थिए l त्यस्तै निर्वाचन समिति संयोजक बिष्णु गौतमले निर्विरोध निर्वाचित कार्य समितिको घोषणा गरेका थिए।

२१ सदस्यीय नवगठित कार्य समितिमा १९ जना निर्वाचित भएका छन् भने समितिलाई अझबढी समावेशी बनाउन २ सदस्य कार्यसमितिले थप गरिने जानकारी नवनिर्वाचित अध्यक्ष सापकोटाले बताएका छन् l साथै उनले केही अनलाईन पोर्टलहरुले सस्तो लोकप्रियताको लागी हुदै नभएका कुरालाई अतिरन्जित गरि भ्रामक समाचार प्रेषण गरेको र पत्रकारिताको सामान्य मूल्य र मान्यता भित्र रही सत्य र तथ्य समाचार प्रेषित गर्न आग्रह गरेका छन l समितिमा अध्यक्ष, १ उपाध्यक्ष र महामन्त्री पुरानै अनुहार हुन् भने बाकी सबै नया छन् l
कार्यसमिति यसप्रकार रहेको छ :-
अध्यक्ष – लक्ष्मि प्रसाद सापकोटा
उपाध्यक्ष – शुशिल शर्मा गैरे
– अमृत प्रसाद गुरुङ
– तिलक प्रसाद गैरे
महामन्त्री – विनोद घिमिरे
सह-महामन्त्री – बैकुण्ठ गौतम
– काजी शेर्पा
कोषाध्यक्ष – कुबेर कार्की
सदस्यहरु :-
सिता सापकोटा
युवराज पन्थी
सुधाम कुमार अधिकारी
दिनेश भण्डारी
अर्जुन सापकोटा
करुण बानिया
मुन्नालाल श्रेष्ठ
प्रतिमा ढुंगाना खनाल
यम गुरुङ
सरोज पाण्डे
दिपेन्द्र तिवारी