काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प र नाकाबन्दीका कारण देशले खरबाँै रुपैयाको नोक्सानी व्यहोर्नु परेकाले राष्ट्रको पुनःनिर्माणका लागि सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसनको १४ औं सम्मेलनको शुभारम्भ गर्दै उहाँले भूकम्पपछि पुरातात्विक सम्पदालगायतका भवनसमेत ध्वस्त भएकाले तिनको पुनःनिर्माणका लागि इन्जिनियरहरुको आवश्यकता भएको बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सो सम्मेलनमा प्रधानमन्त्री ओलीले भन्नुभयो–‘‘सरकारका विकास निर्माणका काम कारबाही धिमा गतिमा अघि बढेको छ, हरेक काममा विस्तारै अघि बढ्ने बानी छ, जलस्रोतको धनी यस मूलुकमा १०५ वर्षंमा अढाईसय मेगावाट मात्र विद्युत् उत्पादन भएको छ, अब हामीले यस्तो स्थिति तोड्नु प¥यो, हाम्रो जनशक्तिले हाम्रै देशमा काम गरेर बस्ने वातावरण सिर्जना गर्नुप¥यो ।”






