संसद अधिवेशन अन्त्य

CAकाठमाडौं- संसदको चालु अधिवेशन अन्त्य भएको छ ।

संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका-संसद्को चालु अधिवेशन गत असोज १५ गतेदेखि सुरु भएको थियो । अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य भएको छ । यसबीच ४१ दिनमा ४४ पटक बैठक बसेको थियो । यही अधिवेशनबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख निर्वाचित भए । अधिवेशनको पहिलो बैठकले आफ्नो कार्यविधि (व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२) पारित गरेको थियो । सदनमा प्राप्त ३८ विधेयकमध्ये छ वटा भयो ।

सभामुख ओनसरी घर्तीले नेपालको संविधान कार्यान्वयनका दिशामा संसद्को चालु अधिवेशन अर्थपूर्ण रहेको बताइन् ।