ठूला दुई दल सरकारमा सँगै हुनु हुँदैन : डा कोइराला

shekhar koiralaचितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थामा दुई ठूला दल एकै ठाउँमा नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस पनि यही सरकारमा गए भ्रष्टाचार, कालोबजारी र कुशासन बढ्ने सम्भावना हुने बताउनुभयो ।

मधेसका, जनजाति, आदिवासीलगायतको समस्या समाधान नगरी कांग्रेस सरकारमा जानाको औचित्य नभएको बताउँदै नेता कोइरालाले अहिले सङ्गठनलाई चुस्तदुरुस्त बनाउने काममा काँग्रेस लाग्नुपर्नेमा जोड दिनुभयो ।

फरक प्रसङ्गमा उहाँले धर्मनिरपेक्षताका कारण सङ्घीयता र गणतन्त्र धरापमा पर्न नहुने बताउँदै गणतन्त्रलाई संस्थागत गर्दै ८५ प्रतिशत जनताको मागअनुरुपको हिन्दू राज्यका लागि लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।