मन्त्री अधिकारीको शव सेनाको स्काइ ट्रकमार्फत पोखरा लगिने

काठमाडौं– ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव सेनाको स्काइ ट्रक मार्फन गृहनगर पोखरा लगिनेभएको छ ।
पोखरामा उपप्रधानमन्त्री ईश्वर पोख्रेल र प्रदेश ४ का मुख्य मन्त्रीले अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ ।

काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि शुक्रबार दिउँसो १२ बजेसम्म पार्थिव शरीर पोखराको रामग्राममा राजकिय सम्मानका साथ अन्तिम सस्कार गरिने छ ।

अधिकारीको पार्थिव शरीर अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिनेछ । पोखरा र गण्डकी प्रदेशकै नागरिकले अधिकारीलाई श्रद्धाञ्जली दिन पाउने गरी प्रदर्शनी केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ ।

प्रदर्शनी केन्द्रमा अन्तिम सम्मान गरेपछि शवयात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाट लगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । बुधबारको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *